Comments Add Comment

साहित्यकार आनन्ददेव भट्टको राष्ट्रिय अभिनन्दन हुँदै

२२ फागुन, काठमाडौं । छ दशकभन्दा बढी समय नेपाली साहित्य र प्रगतिशील चिन्तनमा सक्रिय साहित्यकार आनन्ददेव भट्टलाई राष्ट्रिय अभिनन्दन गरिने भएको छ ।

प्रगतिशील लेखक संघ नेपालको नेतृत्वमा अन्य ८४ वटा साहित्यिक संघसंसस्था र साहित्यकारको अगुवाईमा भट्टको अभिनन्दन गर्न लागिएको हो ।

‘साहित्यकार भट्टले नेपाली समालोचना र बौद्धिक लेखनीमा महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको कारण हामीले अभिनन्दन गर्न लागेका हौं’, प्रगतिशील लेखक संघका सल्लाहकार मातृका पोखरेलले अनलाइनखबरसँग भने ।

भट्टलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अभिनन्दन गर्ने कार्यक्रम तय थियो । तर प्रधानमन्त्री उपचारका क्रममा अस्पताल रहेकाले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले उनलाई अभिनन्दन गर्ने कार्यक्रम तय भएको प्रगतिशील लेखक संघले जनाएको छ । अभिनन्दन समारोह शुक्रबार दिउँसो नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदैछ ।

कथा, कविता, समालोचना, मार्क्सवादी चिन्तन र बौद्धिक विर्मशमा क्रियाशील भट्ट प्रगतिशील लेखक संघको पूर्वअध्यक्ष समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment