Comments Add Comment

भारतले पनि आफ्ना नागरिकलाई भन्यो -जरुरी नभएसम्म विदेश नजानू

२२ फागुन, काठमाडौं । भारत सरकारले आफ्ना नागरिकका लागि ट्राभल एडभाइजरी (यात्रा चेतावनी) जारी गरेको छ । भारतीय स्वास्थ्य मन्त्री हर्षवर्धनले विहीबार यस्तो जानकारी गराएका हुन् ।

कोरोनाको संक्रमणबाट हडबडाउनुको साटो सतर्कता जरुरी रहेको भन्दै उनले जरुरी छैन भने विदेश यात्रामा नजान आफ्ना मुलुकका नागरिकलाई आग्रह गरेका हुन् ।

भारतको ट्राभल एडभाइजरीपछि अब नेपाल आउने भारतीय पर्यटकको संख्यामा ठूलो कटौती हुनेछ । चीनबाट फेब्रुअरीमै पर्यटक आगमन ८० प्रतिशतभन्दा कम भएको थियो । नेपालमा सबैभन्दा धेरै पर्यटक भारतबाट आउँछन् । दोस्रो स्थानमा चीन रहेको छ ।

अब भारतले लगाएको एडभाइजरीपछि भारतबाट आउने पर्यटकसमेत घट्दा यसले नेपाली पर्यटन क्षेत्रमा भने ठूलो प्रभाव पार्नेछ । यसअघि भारतले चीन पुगेर भारत र्फकने सबै मुलुकका नागरिकलाई ‘इ-भिसा’ सुविधा बन्द गरेको थियो ।

स्वास्थ्य मन्त्री हर्षबर्धनले भारतीय राज्यसभामा कोरोना भाइरसबारे जानकारी गराउँदै ट्राभल एडभाइजरी जारी भएको बताएका हुन् । उनका अनुसार भारतमा अहिलेसम्म २९ जनामा संक्रमण पुष्टी भइसकेको छ । भारतले विद्यालयहरुका लागि समेत एडभाइजरी जारी गरेको छ ।

स्वास्थ्य मन्त्रालयले सकेसम्म विद्यार्थीलाई समुहमा भेला हुन नदिन आग्रह गरिएको छ । विद्यालयहरुमा स्यानीटाइजरको व्यवस्था गर्न र शौचालयमा पर्याप्त पानी तथा साबुनको व्यवस्था गर्न सचेत गराइएको छ ।

विद्यार्थी र शिक्षकलाई नियमित हात हुन सिकाउने, सकेसम्म मुखमा मास्कको प्रयोग गर्न र कुनै विद्यार्थीलाई यस संक्रमणको शंका लागेमा तत्काल आइसुलेसनमा लैजान आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment