Comments Add Comment

सामाजिक सुरक्षा भत्ता जाँड रक्सीमा !

२२ फागुन, चितवन । तनहुँको भानु नगरपालिका वडा नं. १२ का वडाध्यक्ष बिमल गुरुङले सरकारले दिने सामाजिक सुरक्षा भत्ताको ठूलो अंश जाँडरक्सीमा खर्च हुने गरेको निश्कर्ष निकालेका छन् ।

वडा कार्यालयका तर्फबाट सार्वजनिक सूचना जारी गर्दै वडाध्यक्ष गुरुङले यस्तो ब्यवहारलाई परिवर्तन गरी प्राप्त रकम उचित र आवश्यकता अनुरुप खर्च गर्न सुझाव दिएका छन् ।

वडाध्यक्ष गुरुङले सूचनामार्फत मदिरा बिक्री वितरणको समयसमेत छुट्याएका छन् । जारी सूचनामा साँझ ५ बजेदेखि ८ बजेसम्म मदिराको बिक्री वितरणको समय छुट्याइएको छ ।

वडामा दर्ता भएका पसलले मात्रै बिक्री वितरण गर्न र दर्ता नगरी वा तोकिएको समयभन्दा फरक समयमा विक्री वितरण गरेमा कारवाही गर्ने सूचनामा जनाइएको छ ।

वडामा जथाभावी मदिरा सेवन गर्दा विकृति बढ्दै गएको, नकारात्मक भावनाको विकास भएको साथै समाज नै बिखण्डनको खतरामा पुगेकोले यसलाई व्यवस्थित गर्न लागिएको वडाध्यक्ष गुरुङले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment