Comments Add Comment

नेप्से परिसूचक ५ अंकले घट्यो, अधिकांश उपसमूह राताम्मे

२२ फागुन, काठमाडौं । साताको अन्ति कारोबार बिहीबार सेयर बजार घटेर बन्द भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ५ दशमलव ५० अंकले घटेर १ हजार ४ सय ३५ दशमलव ७० अंकमा झरेको हो ।

दिनभर तीब्र उतारचढावका बीच नेस्से ५ अंकले घट्दा अधिकांश उपसमूहरु राताम्मे देखिएका छन् । नेप्सेमा कारोबार हुने ११ उपसमूहहरु मध्ये ५ वटा बढेका छन् भने अन्य सबै राताम्मे देखिएका छन् ।

बैंकिङ उपसमूह १.११ प्रतिशतले घटेको छ भने व्यापार २.०३ प्रतिशतले, होटल १.४५ प्रतिशतले, हाइड्रोपावर ०.९२ प्रतिशतले र उत्पादन मूलक कम्पनी १.३५ प्रतिशतले घटेको छ ।

यसैगरी निर्जिवन बीमा उपसमूह ०.४१ प्रतिशतले तथा म्युचुअल फण्ड १.२९ प्रतिशतले घटेको छ ।

बढ्नेहरुको सूचीमा विकास बैंक तथा फाइनान्स उपसमूह १.१३ प्रतिशतले, अन्य उपसमूहमा भएका कम्पनीहरु ०.२८ प्रतिशतले, माइक्रोफाइनान्स २.१३ प्रतिशतले र जीवन बीमा उपसमूह ०.९४ प्रतिशतले बढेका छन् ।

दिनभर भएका २२ हजार ५ सय ३१ कारोबारबाट १७९ कम्पनीका ५९ लाख ४० हजार ५ सय ३३ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम २ अर्ब ४५ करोड ७० लाख ९३ हजार ४ सय ६३ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment