Comments Add Comment

बाल यौन दुराचारमा संलग्न भएको आरोपमा अष्ट्रेलियन नागरिक पक्राउ

२२ फागुन, काठमाडौं । बाल यौन दुराचारमा संलग्न भएको आरोपमा प्रहरीले एक जना अष्ट्रेलियन नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अष्ट्रेलियाको मेल्वर्न घर भई गोकर्णेश्वर नगरपालिकास्थित आरुबारीमा बस्दै आएका ५८ वर्षीय गोन्दुक रिम्पोछे छन् ।

महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी रमेशबहादुर सिंहका अनुसार उनलाई बिहीबार दिउँसो पक्राउ गरिएको हो ।

उनी आरुबारीमा रहेको कदम्बा बौद्ध प्रतिष्ठानमा प्रमुखका रुपमा कार्यरत थिए । उनले १५ वर्षका बालकलाई अप्राकृतिक सम्बन्ध राखेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

शुक्रबार जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरेर विस्तृत अनुसन्धान थालिने सिंहले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment