Comments Add Comment

अब सुन पनि नगदसरह बैंकमा निक्षेप राख्न पाइने

२२ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन निक्षेपमा राख्ने व्यवस्था कार्यान्वयन गर्न बैंकहरुलाई निर्देशन दिएको छ । बिहीबार परिपत्र जारी गर्दै बैंकहरुलाई कार्यविधि बनाएर सुन निक्षेपमा राख्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

चालु आर्थिक वर्षका लागि सरकारले बजेटमा नै नेपाली नागरिकले सम्पत्तिको रुपमा आर्जन गरेका सुन र चाँदीलगायत बहुमूल्य धातुहरु बैंकमा निक्षेपको रुपमा जम्मा गर्ने ब्यवस्था मिलाइने उल्लेख थियो ।

सरकारले ल्याएको योजना कार्यान्वयन गराउन राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गरेको हो ।

तर यो सुविधा वाणिज्य बैंकहरुले मात्रै प्रदान गर्नसक्ने राष्ट्र बैंकले बताएको छ । सुन निक्षेपमा राख्न बैंकहरुले नीति तथा कार्यविधि बनाएर सञ्चालक समितिबाट पारित गराई लागू गर्नु पर्ने राष्ट्र बैंकले बताएको छ ।

‘सुन निक्षेप लिँदा निक्षेपकर्ताबाट उपलब्ध हुने सुनको शुद्धता तथा तौलको जाँच गर्ने संयन्त्रको स्थापना गरी कम्तीमा ९९५ फिटनेसको सुनमात्र स्वीकार गर्नुपर्नेछ’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।

बैंकले कुन शाखाबाट सुन निक्षेपमा स्वीकार गर्ने भनेर भनेर सूचना प्रकाशन गर्नु पर्ने समेत राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका अनुसार न्यूनतम् २५ ग्राम परिमाणको सुनलाई निक्षेपको रुपमा स्वीकार गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment