Comments Add Comment

इटलीमा सार्वजनिक जमघट गर्न प्रतिबन्ध, हिँडडुलमा कडाइ

२७ फागुन, काठमाडौं । इटलीले नागरिकहरूको यात्रामा प्रतिबन्ध लगाएको छ । साथै देशभर सार्वजनिक जमघट गर्न पनि इटलीले रोक लगाएको छ ।

कोरोना भाइरससँग जुध्न यसअघि १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राख्ने निर्णय लिएको इटलीले सोमबार थप उपायहरू अवलम्बन गरेको हो ।

इटलीका प्रधानमन्त्री ज्युसेप कोन्टेले सोमबार टेलिभिजन सम्बोधन गर्दै नागरिकहरूलाई घरबाट बाहिर ननिस्कन निर्देशन दिएका छन् । अत्यावश्यक काम परेमा भने अनुमति लिएर जान सकिने उनले जनाएका छन ।

अत्यधिक जोखिममा रहेका मानिसको सुरक्षाका लागि यस्तो निर्णय गरिएको उनको भनाइ छ ।

‘अब हामीसँग धेरै समय छैन,’ उनले टेलिभिजन सम्बोधन गर्दै भनेका छन् । रोगसँग जुध्नका लागि आफ्ना प्रचलनहरू परिवर्तन गर्न पनि आग्रह गरेका छन् ।

चीन उद्गम भएर फैलिएको कोरोनाबाट इटली ग्रसित बनेको छ । आइतबारसम्म यहाँ ३६६ मानिसको ज्यान गएकोमा सोमाबार बढेर ४६३ पुगेको बीबीसीले जनाएको छ । त्यस्तै, यहाँको संक्रमण दर पनि बढिरहेको छ । सोमबार २४ प्रतिशतले संक्रमण फैलिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment