+
+
Shares

जीप दुर्घटनाका गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडौं लगियो

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २७ गते १२:५८

२७ फागुन, गोरखा । गोरखाको सौरपानीमा भएको जीप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।

बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानीको केउरा भन्ने मंगलबार बा १५ च १०१६ नम्बरको जिप दुर्घटना हुँदा गम्भीर घाइते भएका ४ जनालाई माउन्टेन एयरको हेलिकप्टरबाट काठमाडौं लगिएको हो । काठमाडौं लगिएका घाइतेमा बिमला गुरुङ, रमा गुरुङ, विनोद गुरुङ र सिरिमान गुरुङ रहेका छन् ।

उनीहरुलाई ग्रीन सिटी अस्पताल लगिएको स्थानीय सीताराम गुरुङले जानकारी दिए । ‘घाइतेहरुलाई सुताएर लान पर्ने भएकाले एकै पटक चार जनालाई लान मिलेन,’ गुरुङले भने, ‘दुई लट गरेर उहाँहरुलाई पठायौं ।’

अन्य घाइतेलाई भने थप उपचारका लागि जिल्ला अस्पताल गोरखातर्फ ल्याइँदै छ ।

सौरपानीबाट गोरखा सदरमुकामतर्फ आएको जिप ब्रेक फेल भएर सडकबाट एक सय मिटर तल खस्दा १० जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?