Comments Add Comment

विद्यार्थीको हात चिर्न लगाउने शिक्षिकालाई ७ दिन हिरासतमा राख्न अनुमति

२७ फागुन, काठमाडौं । परीक्षामा कम अंक ल्याएको भन्दै विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिकाविरुद्ध अनुसन्धान गर्न प्रहरीले ७ दिनलाई म्याद पाएको छ ।

जिल्ला अदालत, काठमाडौंले मंगलबार शिक्षिका सीतालक्ष्मी कर्मचार्यविरुद्ध अनुसन्धानका लागि म्याद दिएको हो ।

महानगरीय प्रहरी वृत्त, बानेश्वरको टोली कर्मचार्यविरुद्ध बालबालिका सम्बन्धी ऐन, २०७५ अनुसार कसुर गरेको दाबी गर्दै म्याद थपका लागि अदालत पुगेको थियो । अदालतले म्याद दिएपछि थप प्रमाण संकलन गर्ने तयारी प्रहरीले गरिरहेको छ ।

यो पनि पढ्नुहोस विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिका प्रहरी नियन्त्रणमा

कर्मचार्यमाथिको अभियोग प्रमाणित भए ५० हजार रुपैयाँसम्म वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनसक्छ ।

यो पनि पढ्नुहोस कलियुगका द्रोणाचार्य, जो विद्यार्थीका हात चिर्छन् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment