Comments Add Comment

यसरी फोहोरी बन्दैछ सलमान र अक्षयको भिडन्तको खेल

यो बर्षको इदमा नायक सलमान खान अभिनित चलचित्र ‘राधे’को साथमा अर्का नायक अक्षय कुमारको चलचित्र ‘लक्ष्मी बम’ रिलिज हुँदैछ । तर, यी दुई चलचित्रलाई लिएर अहिलेदेखि नै बलिउड चलचित्रका वितरकहरुविच फोहोरी खेल सुरु भएको छ । यो खेलको केही झलक, चलचित्र ‘बाघी ३’मा पनि देखिएको छ ।

विशेषगरि, दिल्ली र उत्तर प्रदेशका हल संचालकहरुले यो फोहोरी खेल प्रत्यक्ष भोगेका छन् । ‘बाघी ३’लाई फक्स स्टार स्टूडियोले वितरण गरेको हो । तर, चलचित्र रिलिज अगाडि यो स्टूडियोले हल संचालकहरुसँग एउटा शर्त राख्यो ।

फक्सले आफ्नो हलको सम्पूर्ण शो ‘लक्ष्मी बम’लाई दिने सहमती गरेको खण्डमा मात्र ‘बाघी ३’ रिलिज गर्न दिने अडान राखेको थियो । तर, यो अडानलाई दिल्ली, उत्तर प्रदेशका सिंगल थिएटरका संचालकले मानेनन् । विशेषगरि, सिंगल थिएटरका संचालकहरुले फक्सको यो ब्ल्याकमेललाई बहिष्कार गरे र आफ्नो हलमा ‘बाघी ३’ रिलिज गरेनन् । उनीहरुले, यसअघि नै रिलिज भएका बलिउड र हलिउड चलचित्र रिलिज गरेका छन् ।

अब, उनीहरुले इदमा आफ्नो हलको सम्पूर्ण शो नै ‘राधे’लाई दिने बताएका छन् । भारतीय मिडियासँग कुरा गर्दै संचालकहरुले भनेका छन्–‘फक्सले हाम्रो होली खराब गरेको छ, अब उनीहरुको इद हामी खराब गर्छौ ।’ उनीहरुले अब फक्ससँग कुनै पनि सहमति गर्न नसक्ने र ‘लक्ष्मी बम’लाई शो उपलब्ध नगराउने बताएका छन् ।

विशेषगरि, इदमा सलमानको चलचित्रले ठूलो ओपनिङ गर्ने गरेको छ । सलमानका चलचित्र सिंगल र मल्टिप्लेक्समा नै राम्रो चल्छन् । यसैले पनि वितरकहरुको ब्ल्याकमेलको खेललाई हल संचालकहरुले स्विकार गर्न नसकेका हुन् । भारतमा यस्तो फोहोरी खेल यसअगाडि पनि नचलेको भने होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment