 
																			२८ फागुन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन भन्दै भारतले पर्यटक भिसा निलम्बन गरेको छ । धेरै संक्रमण देखिएका ७ देशबाट आउनेहरुलाई १४ दिन क्वारेन्टाइनमा राख्ने पनि निर्णय गरेको छ ।
विश्वभर फैलिएको कोभिड–१९ ले जनस्वास्थ्य तथा सुरक्षामा निम्त्याएको जटिलतालाई ध्यानमा राख्दै यात्रा प्रतिबन्धको निर्णय गरिएको भारतले बताएको छ ।
तर भारतले जारी गरेको यात्रा प्रतिबन्धले नेपाली नागरिकलाई असर नगर्ने भएको छ । काठमाडौंस्थित भारतीय दूतावासले भनेको छ, ‘यसले हवाई तथा स्थल मार्गद्वारा भारततर्फ यात्रा गर्ने नेपाली नागरिकलाई कुनै असर गर्ने छैन ।’
तर कोभिड–१९ को लक्षण देखिएमा वा यसको प्रभाव देखिएको ७ मध्ये कुनै देशमा हालै भ्रमण गरेको पाइएमा भने क्वारेन्टाइनमा राखिने उसले प्रष्ट पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4