+
+

देउवालाई शशांकको ध्यानाकर्षण पत्र : पार्टीमा एकताको वातावरण थप विथोल्नु भयो

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ३० गते २१:०१

३० फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टी सभापतिलाई ध्यानाकर्षण पत्र बुझाउँदै पार्टीमा एकताको वातावरण थप विथोलेको आरोप लगाएका छन् । उनले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को कार्यबाहक सभापतिको जिम्मेवारी अर्जुन पोखरेलबाट खोसेर विष्णुप्रसाद पौडेललाई दिएकोमा विरोध जनाएका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले २३ फागुनमा पौडेललाई जिल्ला सभापतिको जिम्मेवारी दिएका थिए । महामन्त्री कोइरालाले सुरुमा यो निर्णयको विरोध गर्दै सच्याउन आग्रह गरेका थिए । तर देउवाले सुनुवाई नगरेपछि लिखित रुपमा ध्यानाकर्षण पत्र बुझाएर आफ्नो असहमति राखेका हुन् ।

पत्रमा उनले केन्द्रीय पदाधिकारी बैठकबाट सर्वसम्मत रुपमा पोखरेललाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएको स्मरण गराउँदै भनेका छन्, ‘कार्यबाहक सभापतिले विधान बमोजिम जिम्मेवारी निर्वाह गरिरहेको अवस्थामा नयाँ निर्णय गर्नुपर्ने कुनै कारण देखिँदैन ।’

साथै आम निर्वाचनपछि पार्टीमा देखिएको विवादमा आलोचना खेपेर सभापतिलाई सहयोग गरेको तर अहिले पार्टीभित्र एकताको वातावरण थप विथोलेको आरोप लगाएका छन् । विधान विपरित विभागहरु बनेको, केही केन्द्रीय र आमन्त्रित सदस्य मनोनित भएको भन्दै उनले भनेका छन्, ‘यसले पार्टीभित्र एकताको वातावरण थप विथोलिएको मेरो बुझाइ छ ।’

महामन्त्री कोइरालाले महाधिवेशनको मिति तय भइसकेको अवस्थामा भएका एकलौटी निर्णयले महाधिवेशनको निश्पक्षता समेत प्रभावित हुने बताएका छन् ।

उनले पोखरेललाई नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को कार्यबाहक सभापति कायम राख्न र विधानअनुसार पार्टी चलाउन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?