+
+
Shares

महिला मन्त्रालयको बजेट वृद्धि गर्न रास्वपा सांसदहरूको माग

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ८ गते १८:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधि सभाका सांसदहरूले महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको बजेट वृद्धि गर्न सरकारसँग माग गरेका छन्।
  • सांसद रिमा विश्वकर्माले महिला मन्त्रालयमा कूल बजेटको एक प्रतिशत पनि नहुनु दुखद भएको र बजेट वृद्धि आवश्यक रहेको बताइन्।
  • सांसद शोभा खनालले अटिजम र बलात्कार पीडित बालबालिकाका लागि छुट्टै बजेट विनियोजन गर्न सरकारलाई सुझाव दिइन्।

८ जेठ, काठमाडौं । प्रतिनिधि सभाका सांसदहरूले महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको बजेट वृद्धि गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै सांसदहरूले उक्त माग गरेका हुन् ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू रिमा विश्वकर्मा, शोभा खनाललगायतका सांसदहरूले महिला मन्त्रालयको क्षेत्राधिकार बढेकाले भन्दै सोहही अनुरुप आगामी आर्थिक वर्षमा बजेट बढाउन पनि सरकारलाई सचेत गराए ।

सांसद विश्वकर्माले ५१ प्रतिशत जनसंख्या ओगटेको जिम्मेवारी पाएको महिला मन्त्रालयमा कूल बजेटको एक प्रतिशत पनि बजेट नहुनु दुखद भएको टिप्पणी गरिन् ।

उनले महिला हिंसालगायतका घटना बढेकाले पनि सरकारले सो मन्त्रालयको बजेट वृद्धि गर्न आवश्यक रहेको स्पष्ट पारे ।

‘डेमोग्राफीको हिसाबले महिलाहरू ५१ प्रतिशत हुँदा पनि हामीले ३३ प्रतिशतमा किन चित्त बुझाइराखेका छौँ ? त्यो बेसिक आइडिया नै मलाइ पचिरहेको थिएन । अब यो बहसलाई पनि हामीले छेड्नुपर्छ कि भन्ने मलाई लागिराखेको छ । अहिले यहाँ मैले बजेट हेर्दाखेरी राष्ट्रिय बजेटको एक प्रतिशत बजेट पनि महिला मन्त्रालयले रहेनछ भने पछि कूल जनसंख्याको हाम्रो जुन प्रतिनिधित्व छ,’ उनले भनिन्, ‘त्यसलाई उक्त बजेटले कसरी प्रतिनिधित्व गर्छ ? एउटा एउटा अत्यन्तै चिन्ताजनक विषय देखेँ मैले महिला हिंसा, बालबालिका हिंसा बढने तर सोही क्षेत्रका लागि बजेट घटेर आउने अवस्थजा पनि रहेछ । फेरि मन्त्रालयको कार्य क्षेत्र बढाइएको छ । यस्तो अवस्थामा मन्त्रालयको बजेट बढाउनुपर्ने हुन्छ ।’

सांसद शोभा खनालले अटिजम र बलात्कारको शिकार भएका बालबालिकाको पीडालाई सम्बोधन गर्न पनि सरकारले विशेष खालको बजेटको व्यवस्था गर्न आवश्यक रहेको बताइन् ,

‘अटिजमको विषयमा र बलात्कारमा परेका बालबालिकाहरूलाई समेटेर एउटा छुट्टै बजेट विनियोजन गर्न सकियोभने त्यस सम्बन्धि कार्यक्रम प्रभावकारी हुन्छ कि भन्ने लागेको छ । गर्भवती महिलाहरूका लागि उद्धारका कार्यँक्रम राम्रो छ । यसलाई अझै प्रभावकारी बनाउनु पर्दछ,’ उनले भनिन् ।

कांग्रेस सांसद रिना उप्रेतीले वृद्धा आश्रमलाई वडा तहसम्म नै विस्तार गर्न सरकारसँग आग्रह गरिन् ।

नयाँ पुस्तालाई उनीहरूको अनुभव साटासाट गर्नका लागि पनि सरकारले स्थानीय तहहरूमा पर्याप्त मात्रामा सो आश्रमको व्यवस्था गर्नुंपर्ने उहाँको तर्क थियो ।

‘वृद्धा आश्रमलाई वडा स्तरमा स्थापना गर्नुपर्दछ । आफूलाई लागेको कुरा राख्नका लागि सबै वडामा यसको व्यवस्था गरियोस् । समावेशी कानून बनाउने र महिलालाई पीडित हुन नदिने व्यवस्था पनि गर्नु पर्छ,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?