Comments Add Comment
कोरोनाको कहर :

अमेरिकामा अनिश्चितकालीन संकटकाल घोषणा

राष्ट्रपति ट्रम्प भन्छन्– अप्ठ्यारो परिस्थितिको डटेर सामना गर्नेछौं

१ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमण रोकथामका लागि अमेरिकाले अनिश्चितकालीन संकटकाल घोषणा गरेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संकटकाल घोषणा गरिएको जानकारी दिएका हुन् । तर, संकटकाल कति दिनसम्म लागू हुन्छ भन्ने कुरा उनले खुलाएका छैनन् ।

विश्व स्वास्थ्य संगठनले यसअघि कोरोना भाइरसको संक्रमणलाई ‘महामारी’ घोषणा गरेको थियो ।

संकटकाल घोषणासँगै अमेरिकाले अब संकट निवारणका लागि ५० अर्ब डलर खर्च गर्न सक्ने छ । साथै केन्द्र सरकारले अब अलग–अलग राज्य सरकार तथा प्रशासनसँग समन्वय गरेर अझै राम्रो काम गर्न सक्नेछ ।

ट्रम्पले भनेका छन्, ‘आउँदो हप्ता हाम्रा लागि निकै महत्वपूर्ण छ । कारोना भाइरस फैलिनबाट रोक्नका लागि हामी पूरै कोसिस गर्ने छौं । यो अप्ठ्यारो परिस्थितिको डटेर सामना गर्नेछौं ।’

शुक्रबार नै पत्रकारहरुसँग कुरा गर्दै उनले व्यक्तिगत सरसफाइमा ध्यान दिन सबै अमेरिकी नागरिकहरुलाई आग्रह गरे । अनावश्यक रुपमा घर बाहिर ननिस्किन र जमघट नगर्न पनि उनले सुझाव दिए ।

अमेरिकाले युरोपेली देशबाट आउने–जाने सबै यात्रुवाहक जहाज एक महिनासम्मका लागि बन्द गरेको छ । यो रोक १४ तारिख शुक्रबार मध्यरातिबाट लागू भएको छ ।

यो पनि पढ्नुहोस कोरानाले ब्युँतायो पूर्वीय सभ्यता : ट्रम्प र युवराज चार्ल्सले गरे नमस्कार

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार हालसम्म कोरोना भाइरसबाट १ लाख ३२ हजार ५ सय ३६ जना संक्रमित भएका छन् भने ४ हजार ९ सय ४७ जनाको मृत्यु भएको छ । १ सय २३ वटा देशमा कोरोना संक्रमित फेला परेका छन् ।

यो पनि पढ्नुहोस कुन देशले के गर्दैछन् कोरोनाको महामारी रोक्न ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment