Comments Add Comment

डोटीको भीमसेन मन्दिरमा चोरी

२ चैत, डोटी । डोटी जिल्ला सदरमुकाममा रहेको भीमसेन मन्दिरमा चोरी भएको छ ।

दिपायल सिलगढी नगरपालिका–६ मा रहेको भीमसेन मन्दिरको ढोका फोडेर चाँदीका छत्रीहरु चोरी भएको स्थानीय गोविन्दप्रसाद श्रेष्ठले बताएका छन् । मन्दिरमा चोरी कतिबेला भयो भन्ने यकिन नभएपनि गएराति चोरी भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रहरीका अनुसार मन्दिरबाट करिब ५० तोलाको एक वटा र करिब १० तोलाका तीन वटा गरी करिब ८० तोला बराबरका चारवटा चाँदीका छत्री चोरी भएका छन् । चाँदीका छत्रीहरु बिभिन्न देवीदेवताको मूर्तिसँगै राखिएका थिए । भक्तजनहरुले भीमसेन मन्दिरप्रतिको आस्थाका कारण ती छत्रीहरु चढाएका थिए ।

घट्नाको प्रकृति हेर्दा फलामको रड प्रयोग गरी मूल मन्दिर र मन्दिरसँगैको सभा हलको ताला तोडिएको हुन सक्ने आशंका प्रहरीले गरेको छ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्थानीयबासीहरुले मन्दिरमा चोरी भएको जानकारी गराएपछि प्रहरी निरीक्षक कर्णबहादुर बोहरा नेतृत्वको टोली घटनास्थल पुगेर प्रारम्भिक सोधपुछ गरेको छ ।

केही दिन अघि उक्त मन्दिरबाट बली हाल्ने खुँडा चोरी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment