+
+
Shares

नारायणी अस्पतालको आइसोलेसन वार्ड दुर्गन्ध, प्रमुख भन्छन् – स्वाभाविक हो

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ३ गते २०:४२

३ चैत, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा कोरोना भाइरस संक्रमितको उपचारका लागि ५ बेडको आइसोलेसन वार्ड बनाइएको छ । महेन्द्र आरोग्य भवनको भुई तल्लाको कोठामा बनाइएको आइसोलेसन वार्ड फोहोर भएको गुनासो आएको छ ।

सांसद प्रदीप यादव सामेबार दिउँसो नारायणी अस्पताल पुग्दा फोहोर र दुर्गन्ध देखेपछि अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसमक्ष गुनासो गरेका थिए ।

‘आइसोलेसन वार्ड स्थापना गरिएको कोठाभित्र माकुराको जालो लागेको थियो, ढोकामा नै वान्ता गरेको अनि भित्र पस्दा गन्हाउने’ उनले भने ‘वार्डको भुइँ पनि धुलोले ढाकिएको, बेड पनि सफा थिएन ।’

वार्डमा छुट्टै शौचालयको व्यवस्थासमेत नरहेको उनले बताए ।

‘त्यस्तो कोठामा कोरोना भाइरस संक्रमितलाई राखियो भने त उसलाई इन्फेक्सन हुने संभावना बढी हुन्छ । आइसोलेसन वार्ड कुनै पनि दृष्टिले सुरक्षित देखिएन’ सांसद यादवले भने ।

बन्द कोठा गुम्म हुनु, गन्हाउनु स्वाभाविक भएको मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले बताए ।

‘अस्पताल नै फोहोर छ, वीरगञ्ज नै फोहोर छ’ उनले भने ‘पुरै वीरगञ्ज महानगरपालिका नै फोहोर छ, अस्पताल मात्रै फोहोर भएको हो र ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?