Comments Add Comment

भारतले बन्द गर्‍यो ताजमहल

४ चैत, काठमाडौं । भारतले प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक ताजमहल बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको त्रास बढेपछि त्यहाँको सरकारले मायाको प्रतीकका रूपमा लिइने ताजमहल बन्द गराएको हो ।

ताजमलहको अनुगमनका लागि दैनिक आउने हजारौं मानिसबाट कोरोनाको संक्रमण फैलिने खतरा बढेपछि यस्तो निर्णय लिएको भारतका संस्कृतिमन्त्री प्रह्लाद पट्टेलले जनाएका छन् ।

‘मायाको प्रतीक ताजमहल दैनिक हजारौं मानिसले भ्रमण गर्ने गरेका छन् । यहाँ आउने मानिसबाट कोरोनाको संक्रमण थप फैलन सक्ने भएकाले बन्द गर्न अनिवार्य थियो,’ भारतीय संस्कृतिमन्त्री पट्टेललाई कोट गर्दै बीबीसीले लेखेको छ ।

ताजमहल भारतको मात्रै नभएर विश्वकै प्रमुख पर्यटकीय गन्तव्य हो । यहाँ औसतमा दैनिक ७० हजार मानिसले अवलोकन गर्ने बीबीसी समाचारमा उल्लेख छ ।
ताजमहलसँगै अन्य म्युजियम, सांस्कृतिक सम्पदा पनि भारतले बन्द गरेको छ । संस्कृति मन्त्री प्रह्लाद पट्टेलका अनुसार ३१ मार्चसम्म बढी चहलपहल हुने म्युजिमलगायतका सम्पादहरू बन्द रहने छन् । ३१ मार्चपछि यसबारे समीक्षा गर्ने उनको भनाइ छ ।

विश्वकै लागि टाउको दुखाइ बनेको कोरोनाबाट भारतमा हालसम्म २ जनाको ज्यान गइसकेको छ भने १ सय १४ मानिसमा यसको लक्षण देखापरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment