Comments Add Comment

गोकर्ण फरेष्ट रिसोर्टमा एनआईसी का ग्राहकलाई १५ प्रतिशत छुट

४ चैत, काठमाडौं ।  एनआईसी एशिया बैंकले ग्राहकहरुलाइ काठमाडौंस्थित गोकर्ण फरेष्ट रिसोर्टका विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने गरी बैंकले रिसोर्टसँग समझदारी गरेको छ ।

योजना एक वर्षको लागि लागू हुने गरी बैंक र रिसोर्टको बीचमा समझदारी भएको हो । समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार राठी तथा रिसोर्टको तर्फबाट रुम डिभिजनका निर्देशक श्री रोजिन सापकोटाले हस्ताक्षर गरेका थिए । उक्त समझदारी बमोजिम बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले होटलको फूड एण्ड बेभरेज आउटलेटहरू तथा हार्मोनी स्पा सेवा प्रयोग गरे वापत रकम भुक्तानी गर्दा कारोबार रकमको १५% सम्म छुट पाउनेछन् ।

साथै बैंकका कर्मचारीहरूलाई पनि सो योजना अनुसारको छुट उपलब्ध हुनेछ । यसैगरी ग्राहकहरुले बैंकसँग आबद्ध भएका देशभरका २,४०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतबाट सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment