 
																			चलचित्र ‘बबी’की नायिका कविता गुरुङले फरक किसिमको टेलिभिजन शो दर्शकमाझ ल्याउने तयारी गरेकी छिन् । उनले तयार पारेको शो ‘विस फर अ डे विथ डल्लु’को ट्रेलर सार्वजनिक गरिएको छ । डल्लु इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो शोले एकजना व्यक्तिको एक दिनको इच्छा, आकांक्षा, सपना र खुशीको कथा भन्छ ।
वेव टीभीको स्टूडियोमा सम्पादन र छायांकन गरिएको कार्यक्रमलाई डम्बर राइले छायांकन गरेका हुन् भने प्रज्वलित पराजुलीले सम्पादन गरेका हुन् ।
ट्रेलर रिलिज कार्यक्रममा कविताले भनिन्–‘नर्वेमा मैले र उमेशले कमाएको पैसा महंगो जुत्ता र कपडामा खर्च हुन्छ । तर, यो रकम नेपालमा सामान्य परिवारको मानिसमा खर्च गर्दा उसको महिनौको खर्च चल्छ । यसैले, कमाएको धेरै रकम राम्रो काममा लगाउने सोचका साथ यो कार्यक्रमको सोच आएको हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4