+
+
Shares

कोरोना रोकथामको प्रयास : इरानले थप कैदीबन्दी रिहा गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ६ गते ९:५४
इरानका सर्वोच्च नेता आयतुल्लाह खमेनी

६ चैत, काठमाडौं । कोरोना भाइरस रोकथामको प्रयासमा गत मंगलबार झण्डै ८५ हजार कैदी बन्दीलाई रिहा गरेको इरानले थप १० हजार जनालाई पनि जेलमुक्त गर्ने तयारी गरेको त्यहाँको सरकारी सञ्चार माध्यमहरुले जनाएका छन् ।

सर्वोच्च नेता आयतुल्लाह खमेनीले माफी दिएपछि कैदी–बन्दीहरू रिहा हुनेछन् । सबै प्रक्रिया पूरा गरेर शुक्रबारसम्म थप कैदीबन्दी रिहा हुने समाचारमा उल्लेख छ ।

कोरोना भाइरसको संक्रमणबाट चीन र इटलीपछि इरान बढी प्रभावित भएको छ । इरानमा हालसम्म १ हजार १ सय ३५ जनाको मृत्यु भइसकेको छ भने १७ हजार ३ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ । ५ हजार ७ सयभन्दा बढी उपचारपछि घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?