Comments Add Comment

आन्तरिक एयरलाइन्स कम्पनीले भने-भाडादर पुनर्विचार गर्छौं

८ चैत, काठमामाडौं । वायुसेवा सञ्चालकहरुले तत्काल  भाडादर पुनर्विचार गर्ने प्रतिवद्धता जनाएका छन् ।  संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा हवाई भाडाका विषयमा भएको छलफलमा आन्तरिक वायुसेवा सञ्चालकहरुले यात्रु बढेपछि अधिकतम् भाडा लिएको स्वीकार्दै भाडादर पुनर्विचार गर्न सहमति जनाएका हुन् ।

संकटका समयमा यात्रुलाई मार पर्ने गरी सीमाभित्र रहको देखाएर एयरलाइन्सहरुले भाडामा उच्च वृद्धि गरेका छन् । केही दिन अघिसम्म भाडा र यात्रु घटेर संकटमा परेको बताइरहेका एयरलाइन्सहरु यात्रु बढेपछि तोकिएको अधिकतम् मूल्यमै टिकट बेचिरहेका छन् । उपभोक्ताहरुले यसलाई एयरलाइन्स कम्पनीको ‘गैह्रजिम्मेवारीपना’ भनेका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टाईले हवाई सेवा प्रदायक संस्थाहरुले हालको विषम परिस्थितिलाई ध्यानमा राखेर आन्तरिक ट्रंक रुटमा लिँदै आएको अधिकतम् सीमाका २ वटा ‘स्लयाव’का हवाई भाडा हटाई सोभन्दा कमको भाडादरलाई अधिकतम् सीमा कायम गर्न र न्यूनतम सीमामा रहेका अन्य भाडा दरलाई समेत यथावत कायम गर्ने अनुरोध गरे  ।

मन्त्रीको अनुरोधलाई वायुसेवा सञ्चालकहरुले सकारात्मक रुपमा समायोजनको प्रतिवद्धता जनाएको पर्यटन मन्त्रीको सचिवालय जनाएको छ । विहान मात्रै श्री एयरलाइन्सले विभिन्न रुटमा तोकिएकोभन्दा सस्तोमा सेवा दिने घोषणा गरेको थियो ।

अन्य एयरलाइन्सहरुले भने यात्रुलाई समस्या परेको मौका छोपेर अधिकतम् भाडा लिइरहेका छन् । कतिपय अनलाइन बुकिङ प्लेटर्फमबाट ‘क्यास रिफन्ड’को नाममा तोकिएभन्दा बढी भाडा समेत उठाउने काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment