Comments Add Comment

मलेसियामा कोरोना भाइरस ‘फैलाउने’ त्यो प्रार्थनासभा…

काठमाडौं । खाइरी अकबर केही वर्षयता मलेसियामा ताबलिघ जमात इस्लामिक प्रार्थनामा सहभागी हुँदै आएका थिए ।

यो मलेसियामा वाषिर्रुपमा धेरै मानिस भेला भएर गरिने प्रार्थना हो । गत फेब्रुअरी २८ देखि मार्च १ सम्म पनि अघिपछि जस्तै यो प्रार्थना चलेको थियो, जसमा खाइरीले पनि सहभागिता जनाए ।

उनले हजारौं मानिसलाई यो प्रार्थनामा सहभागी हुन मस्जिदमा बोलाए । उनले मस्जिदमा सँगै प्रार्थना गर्न, सँगै खान र सँगै धार्मिक गीत सुन्न आग्रह गरेका थिए । उनीहरुले उक्त प्रार्थनाको क्रममा मस्जिदलाई आगामी दिनमा कसरी बचाउने भन्ने विषयमा छलफल गरेका थिए । प्रार्थनाको सबै कुरा यसअघिको जस्तै चलिरहेको थियो ।

तर, यस वर्ष यो प्रार्थनाको एकमात्र फरक पक्ष चीनबाट फैलिएको प्राणघातक कोरोना भाइरस कोभिड-१९ थियो । यो भाइरस उक्त प्रार्थनामा उपस्थित भएका मानिसहरुमा फैलियो । र, अहिले त्यसैले मलेसियामा उग्र रुप लिइरहेको छ । मलेसियामा चलेको उक्त प्रार्थनामा १२ हजार देखि १६ हजारसम्म मानिसहरु भेला भएका थिए ।

ताबलिघ सकिएको एक साताभित्र मलेसियामा गरिएको परीक्षणमा करिब ६०० मानिसमा यो भाइरसको संक्रमण पुष्टि भएको थियो । अहिलेसम्म मलेसियामा १ हजार २०० को हाराहारीमा यो भाइरसको संक्रमणको पुष्टि भइसकेको छ । तर, मलेसियाले अझै पनि यो प्रार्थनामा सहभागी भएका धेरै मानिसलाई नियन्त्रणमा लिन सकेको छैन ।

मलेसियाको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त प्रार्थनामा सहभागी १६ हजारमध्ये ४ हजारभन्दा धेरै मानिस सम्पर्कमा आएका छैनन् । तर ताबलिघले भने मस्जिदको क्षमता अनुसार १२ हजार ५०० भन्दा धेरै मानिस उक्त प्रार्थनामा सहभागी नभएको बताएको छ । र, अहिलेसम्म केवल १ हजार ५०० मानिस मात्र सम्पर्कमा नआएका हुन् ।

काइरी यो प्रार्थना आयोजनका प्रवक्ता हुन् । उनी यस किसिमको अवस्था आउला भनेर कसैले पनि कल्पना पनि नगरेको बताउँछन् । उनी यो प्रार्थना आयोजना हुँदा मलेसियामा भर्खरै मात्र कोरोना भाइरस देखिएको र यसबारे सचेतना पनि मुलुकभर फैलिएको थिएन । सो समयमा मस्जिदको जस्तै अन्य कार्यक्रम पनि भइरहेका थिए ।

तर प्रार्थनापछि खाइरीलाई पनि भाइरसले समात्यो । अहिले उनी क्वालालम्पुरस्थित एक अस्पतालमा उपचार गराइरहेका छन् ।

उनी यो भेलाको लागि आवश्यक सबै निकायबाट अनुमति लिएको बताउँछन् । उनी यो प्रार्थना ३० वा ४० वर्षदेखि चल्दै आएको र यो भेलामा कुनै विशेष कार्यक्रम पनि नरहेको खाइरीको भनाइ छ । यो भेलाबाट फर्किएका एक व्यक्तिमा ब्रुनाईमा पनि यो भाइरसको संक्रमण देखिएको थियो । यो भेलामा विदेशबाट १ हजार ५०० मानिस सहभागी थिए । यो भेलामा पनि भाइरसबाट प्रभावित सिंगापुर, थाइल्याण्ड र अन्य भाइरस प्रभावित क्षेत्रका मानिस पनि सहभागी थिए ।

यो भाइरस फैलिएको त्यतिबेला मात्र थाहा भयो, जतिबेला मस्जिदमा परीक्षण गर्दा संक्रमित रहेको पुष्टि भयो । उक्त परीक्षणमा खाइरीलाई पनि कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो । ‘अहिलेसम्म मेरा परिवारलाई भने भाइरसको कुनै लक्षण देखिएको छैन र उनीहरु अहिले यसको परीक्षणको नतिजा कुरिरहेका छन्,’ खाइरी भन्छन् ।

खाइरीमा भाइरस संक्रमणपछि पनि भाइरस संक्रमणको कुनै लक्षण भने देखिएको थिएन । उनी अहिले पनि आफू स्वस्थ महसुस गरिरहेको बताउँछन् । उनी अहिले पनि अस्पतालमा उक्त प्रार्थनामा सहभागी भएका मानिसहरुको जानकारी दिँदै अधिकारीहरुलाई सहयोग गरिरहेका छन् ।

मलेसियाको स्वास्थ्य मन्त्रालयले अहिले मुलुकमा ताबलिघसँग जोडिएको केही घटना देखिएको पुष्टि गरिसकेको छ । अहिलेसम्म मलेसियामा पुष्टि भएका संक्रमणमध्ये ६० प्रतिशतभन्दा धेरै संक्रमितको ताबलिघसँग केही न केही सम्बन्ध जोडिएको छ । संक्रमितको संख्या बढेसँगै यो प्रार्थना योजनाबद्ध रुपमा भाइरस संक्रमण फैलाउन गरिएको भन्ने आरोप पनि लाग्यो । खाइरी यसलाई अस्वीकार गर्दै भन्छन्, ‘मलेसियामा हामीहरुलाई यसको दोष लगाइरहेका छन्, जबकी हामीले त्यस्तो केही पनि गरेका थिएनौं ।’

उनले यो घटनाप्रति क्षमायाचना पनि गरेका छन् । अहिले ताबलिघका २५० सहभागी मस्जिदमै छन् । उनीहरु आफ्नो परीक्षणको नतिजाको पर्खाइमा छन् ।

साउथ चाइना मर्निङ पोस्टको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment