Comments Add Comment

भरतपुरले कोरोना परीक्षणका लागि ८ जनाको नमूना काठमाडौं पठायो

९ चैत, चितवन । कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको आशंकामा चितवनबाट ८ जनाको स्वाब (घाँटीको र्‍याल) परीक्षणका लागि काठमाण्डौं पठाइएको छ । उनीहरुको रिपोर्ट भोली (सोमबार) बेलुकासम्म आउने भरतपुर अस्पतालले जनाएको छ । नमूना परीक्षण गरिएको मध्यमा एक जना बिरामी कोरोना विशेष अस्पतालका रहेका छन् ।

चितवनमा आइतबारसम्ममा कोभिड–१९ को संक्रमणको आशंकामा ८ जना आइसोलेसनमा राखिएको छ । ६ जना भरतपुर अस्पतालमा र दुई जना घरमै सेल्फ क्वारेनटाइनमा बसेको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

भरतपुर अस्पतालको ज्वरो क्लिनिक (ओपीडी) मा आइतबार मात्रै ५० जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो । जसमध्ये पाँच जना ज्वरोसहित अन्य केही लक्षणको आधारमा आइसोलेसन वार्डमा राखिएको अस्पतालले जनाएको छ । यसअघि सोही अस्पतालमा दुई जना आइसोलेसनमा भर्ना भएका थिए ।

यसअघि भरतपुर अस्पतालबाट कोरोना परीक्षण गरिएको चार जनाकै रिपोर्ट नेगेटिभ आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment