Comments Add Comment

विराटनगरको रानी नाका बन्द, सडक सुनसान बन्दै

११ चैत, विराटनगर । भारत र चीनसँग जोडिएको नेपालको सीमा नाका बन्द गर्ने निर्णय भएसँगै विराटनगरको रानी नाका एक साताका लागि बन्द भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार सोमबार बिहान १० बजेदेखि नाका बन्द गरिएको हो ।

भारततर्फ प्रवेश गर्ने नाकाको मुख्य प्रवेशद्धारको मुल गेट बन्द छ । मानिसको आवागमनमा समेत रोक लगाइएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए ।

नेपालमा रहेका भारतीयले नाका प्रयोग गरी भारत जानुपर्ने अवस्थामा उनीहरुको रासन कार्ड हेरी प्रवेश गर्न दिने व्यवस्था मिलाइएको छ । नेपालीको हकमा भने प्रवेशमा पूर्ण रोक लगाइएको छ ।

त्यसैगरी मालबहाक ट्रक, लहरी, इन्धन बोकेका सवारी साधान र एम्बुलेन्सलाई भने सहज आवागमनको व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी भुजेलले जानकारी दिए ।

सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

नेपाल सरकारले सोमबार बिहान १० बजेदेखि रानी नाका पनि बन्द गर्ने निर्णय भएपछि विभिन्न कामको सिलसिलामा नेपालमा रहेका भारतीय स्वदेश र्फकनेको बिहानैबाट रानी क्षेत्रमा भिड लागेको थियो ।

विराटनगरका मुख्य सडकहरु भने सुनसान छन् । लामा तथा छोटा दुरीका सवारी साधानसमेत नचलेका कारण मुख्य राजमार्ग क्षेत्र सुनसान बनेका हुन । विराटनगबाट छोटा दुरीमा चाल्ने सवारी साधान समेत चलेका छैनन् ।

सडकमा धेरै जस्तो तीनपाङ्ग्रे सवारी साधान अटो रिक्साले मात्र यात्रुलाई ओसार पसार गर्दै आएका छन् ।

विराटनगरका मुख्य बजा क्षेत्र भने खुल्ला रहेको छ । बजार क्षेत्रमा रहेका पसलहरु खुलेकाले बजार क्षेत्रमा मानिसको चहल पहल पनि उतिकै मात्रमा देखिएको छ ।

पछिल्लो समय भारतसँग जोडिएको सीमा नाकाबाट नेपाल भित्रिनेहरुको घुँइचो लागेको खबरहरु सार्वजनिक भइरहेका थिए ।

भारतमा पनि कोरोना भाइरस संक्रमित बढ्दै जान थालेपछि कतिपय सीमा नाका बन्द गर्नुपर्ने माग गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment