Comments Add Comment

सप्तरीमा पञ्चायती भेला गर्नसमेत रोक

१० चैत, सप्तरी । सप्तरीमा ठूलो संख्यामा मान्छे भेला गराई सामाजिकस्तरको पंचायती/मेलमिलापसम्बन्धी कार्य गर्न पनि प्रतिबन्ध लगाइएको छ ।

जिल्ला सुरक्षा समितिसहित सर्वपक्षीय, सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो । बैठकले भोज भतेर आयोजना नगर्न भीडभाडबाट टाढा बस्न, धार्मिक भेला नगर्न, मठ मन्दिरमा नियमित पूजापाठ बाहेकका गतिविधि सञ्चालन नगर्न तथा सार्वजनिक सवारी साधनमा यात्रा नगर्न पनि जिल्लाबासीलाई आह्वान गरेको छ ।

अतिआवश्यक कामबाहेक घरबाहिर ननिस्कन पनि स्थानीय प्रशासनले आह्वान गरेको छ ।

यस्तै, स्थानीय तहहरुमा सञ्चालित साप्ताहिक हाट बजारलाई दैनिक हाट बजारमा परिवर्तन गरी फराकिलो स्थानमा भीडभाड नहुने गरी सञ्चालन गर्न तथा त्यस्ता स्थानमा अनिवार्य रुपमा हात धुने व्यवस्था गर्न, नियमित अन्तरालमा सरसफाइको व्यवस्थापन गर्न जिल्लाका स्थानीय तहहरुलाई बैठकले अनुरोध गरेको छ ।

होटेल, रिसोर्ट, मदिरा पसल, रेस्टुरेन्ट आदिलाई तत्कालका लागि बन्द गर्न पनि भनिएको छ । सञ्चालन गर्ने हो भने हात धुने अथवा सेनिटाइजर र थर्मल गनसमेतको व्यवस्था गर्न भनिएको छ ।

त्यस्तै स्वास्थ्यकर्मीबाट प्रत्येकको अनिवार्य रुपमा चेकजाँच गर्ने व्यवस्था मिलाउन र सरसफाइ/डिसइनफेक्सनसम्बन्धी सम्पूर्ण व्यवस्था मिलाउन पनि आग्रह् गरिएको प्रशासकीय अधिकृत आनन्द ठाकुरले जानकारी दिए ।

त्यस्तै, अति आवश्यक वस्तु र सेवा बिक्री वितरण गर्ने पसल, व्यापार, प्रतिष्ठानबाहेकका अन्य पसल बन्द गर्न पनि आह्वान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment