Comments Add Comment

मुख्यमन्त्री शाहीद्वारा अत्यावश्यक बाहेकका भेटघाट बन्द

१० चैत्र, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अत्यावश्यक बाहेकका भेटघाट बन्द गरेका छन् ।

कोरोना संक्रमणको जोखिमबाट बच्न अत्यावश्यक बाहेकका भेटघाट सोमबारदेखि बन्द गरिएको मुख्यमन्त्री शाहीका राजनीतिक सल्लाहकार भीमप्रकाश शर्माले जानकारी दिए ।

मुख्यमन्त्री शाहीले कोरोना भाइरस (कोभिड-१९)ले निम्त्याएको संकटको सामाधानका लागि उच्च सावधानी अपनाउन सर्वसाधारण नागरिकलाई आग्रह गरेको सल्लाहकार शर्माले बताए ।

उनका अनुसार विश्वव्यापी समस्याको रुपमा रहेको कोरोना भाइरसको संकट सामाधान गर्न स्वास्थ्य निर्देशिकाको अनिवार्य रुपमा पालना गर्नु अहिलेको मुख्य दायित्व रहेको भन्दै मुख्यमन्त्री शाहीले सबै नागरिकलाई सचेत र सतर्क रहन आग्रह गरेका छन् ।

संक्रमणवाट जोगिन प्रत्येक नागरिक आफैले पनि उच्च सावधानी अपनाउन, अनावश्यक हिडहुल नगर्न, भेटघाट तथा सम्पर्क नगर्न, भिडभाड तथा वजारमा नजान र स्वास्थ्यसंस्था तथा स्वास्थ्यकर्मीले दिएको सुझाव अवलम्वन गर्न पनि मुख्यमन्त्री शाहीले आग्रह गरेको सल्लाहकार शर्माले वताउनुभयो ।

कोरोना भाईरसको रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकार गम्भिरताका साथ लागिरहेकोले अनावश्यक हल्लाको पछि नलाग्न र त्रसित नहुन पनि मुख्यमन्त्री शाहीले अनुरोध गरेको सल्लाहकार शर्माको भनाइ छ ।

कोरोनाको संकट सामाधान गर्न सरकारले अघि सारेको प्रतिकार्य योजनालाई साथ दिन आग्रह गर्दै मुख्यमन्त्री शाहीले सरकारका आधिकारीक निकायहरु, स्वास्थ्य संस्थाहरु, सुरक्षा निकायहरुको निर्देशनलाई पालना गर्न र सहयोग गर्न सवै नागरिकलाई अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment