+
+
Shares

गुठी विधेयकबारे सुझाव लिन भूमि व्यवस्था मन्त्रालयद्वारा समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १० गते १४:५६

१० चैत, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गुठी सम्बन्धी राय सुझावका लागि समिति गठन गरेको छ । प्रतिनिधि सभाका सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको मन्त्रालयले जानकारी दिएको छ ।

समितिले पहिलो बैठक बसेको एक महिनाभित्र मन्त्रालयमा सुझाव पेश गर्नुपर्नेछ ।

काठमाडौं उपत्यकाभित्रका गुठीको धार्मिक, सांस्कृतिक विविधता, परम्परा तथा गुठी किसान, मोहीको विषयमा के गर्ने भन्ने विषयमा सरोकारवालासँग आवश्यक परामर्श गरेर प्रस्तावित गुठी विधेयकमा राय सुझाव पेश गर्न भन्दै मन्त्रालयले समिति गठन गरेको हो ।

चैत ५ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार गठित समितिलाई गुठियार, जनप्रतिनिधि, नागरिक समाज, संघर्ष समिति लगायतको सलंग्नतामा छलफल, अन्तरक्रिया गर्न भनिएको छ ।

सरकारले यसअघि संघीय संसदमा दर्ता गरेको गुठी विधेयक व्यापक विरोधपछि गत असारमा राष्ट्रिय सभाबाट फिर्ता भएको थियो । त्यसपछि सरकारले एकीकृत भूमि सम्बन्धी विधेयक ल्याउन लागेको हो । मन्त्रिपरिषद बैठकले सैद्धान्तिक सहमती दिएपछि मन्त्रालयले विधेयकको विषयमा विभिन्न सरोकारावालासँग छलफल गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?