Comments Add Comment

काठमाडौंका तीन प्रहरीमाथि लुटपाटको अभियोग, मकवानपुरमा पक्राउ

१० चैत, काठमाडौं । काठमाडौंमा कार्यरत दुई जना प्रहरी अधिकारीसहित आफूलाई पत्रकार बताउने एक जना लुटपाटको अभियोगमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महानगरीय प्रहरी वृत्त, दरबारमार्गमा कार्यरत २६ वर्षीय प्रहरी सहायक निरीक्षक (असई) सुरेन्द्र बेसेल, प्रहरी जवानहरु वीरबहादुर बस्नेत र हेमाकान्त पुन मगर छन् । त्यस्तै, आफूलाई पत्रकार भन्ने सुजन आचार्य छन् ।

उनीहरु निजी गाडी लिएर एक व्यक्तिको घरबाट हिरा लुट्ने योजनासहित मकवानपुर पुगेको प्रहरीले जनाएको छ । प्रहरीले यसबारे सोमबार दिउँसो पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment