Comments Add Comment

अमेरिका र चीनको विवादमा नेपाललाई पार्दिनँ : प्रस्तावित राजदूत पाण्डे

सं‌सदीय सुनुवाई समितिमा पाण्डे । तस्वीर : रासस

१० चैत, काठमाडौं । चीनका लागि प्रस्तावित राजदूत महेन्द्रबहादुर पाण्डेले अमेरिका र चीनबीचको विवादमा नेपाल नपर्ने गरी काम गर्ने बताएका छन् ।

सोमबार संसदीय सुनुवाई समितिमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले अमेरिका र चीनबीचको विवादमा नेपाललाई नपार्ने बताएका हुन् ।

सांसद देव गुरुङले अमेरिका सशस्त्र फौजी अभियानलाई अगाडि बढाइरहेको र चीन शान्ति र विकासको बाटोबाट अघि बढेको भन्दै पाण्डेलाई यो दुई खालको प्रतिस्पर्धामा तपाई कसरी काम गर्नुहुन्छ भनी प्रश्न सोधेका थिए ।

अरु सांसदहरुले पनि अमेरिका र चीनबीच विभिन्न विषयमा प्रतिस्पर्धा र द्वन्द्व रहेको भन्दै नेपालको राजदूतले कसरी काम गर्ने भनी प्रश्न सोधेका थिए ।

सोमबार संसदीय सुनुवाइ समितिले पाण्डेको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment