Comments Add Comment

बुद्ध एयरले ६ वटा जहाज बन्द गर्ने, कर्मचारीलाई तलवी बिदा

१० फागुन, काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले आफ्ना १३ जहाजमध्ये ६ वटा जहाज बन्द गर्ने भएको छ । आफ्ना कर्मचारी र यात्रुको हितलाई ध्यानमा राख्दै आफ्ना ६ वटा वटा जहाज बन्द गरी जगेडामा राख्न लागेको कम्पनीले जानाकरी दिएको छ ।

कोरोनाको संक्रमणबाट बच्न पहिलो ६ जहाज र क्रमशः अन्य जहाजसमेत कम गर्ने बुद्ध एयरले जानकारी दिएको छ । कम्पनीका अनुसार उडान सेवालाई नियमित संचालन गर्न आवश्यक कर्मचारीलाई आलोपालो प्रणाली अपनाउने र अन्यलाई तलवी बिदा दिई घरमै बस्न निर्देशन दिएको कम्पनीले जनाएको छ ।

बुद्धले अहिले सबै यात्रुलाई सकेसम्म यात्रामा भन्दा सुरक्षित रुपमा घर मै बस्न समेत आहृवान गरेको छ । अहिले सबै क्रियाकलाप बन्द गरी लकडाउनका रुपमा घरमै बस्नु उपयुक्त हुने सुझाव कम्पनीको रहेको छ ।

संक्रमित स्थानबाट आएकालाई क्वारेन्टाइनमा राख्न स्थानीय तहका जनप्रतिनिधिले पहल गर्नुपर्ने सुझाव कम्पनीले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment