Comments Add Comment

आइसोलेसन बनाउन ७५ विद्यालय उपलब्ध गराउने प्याब्सनको घोषणा

१० चैत, बुटवल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) रुपन्देहीले आइसोलेसन बेड बनाउन ७५ वटा विद्यालयका कक्षाकोठा सरकारलाई उपलब्ध गराउने भएको छ ।

कोभिड-१९ को सम्भावित जोखिमलाई मध्यनजर गरी प्याब्सन रुपन्देहीको सोमबार बसेको कार्यसमितिको वैठकले अस्पताल नजिक रहेका ७५ वटा विद्यालयका १५ सय बढी कोठा सरकारलाई दिने निर्णय गरेको हो ।

विश्वव्यापी रुफमा फेलिएको कोभिड-१९ को संक्रमण जिल्लामा पनि भित्रिएको अवस्थामा सिर्जना हुने अप्ठेरो स्थितिमा राज्यलाई सहयोग पुर्‍याउन विद्यालय भवन र कक्षाकोठा अस्थायी प्रयोगका लागि दिने निर्णय गरिएको प्याब्सन रुपन्देहीका जिल्ला अध्यक्ष लेखनाथ पौडेलले बताए ।

‘रातारात अस्पताल बनाउन सम्भव छैन,तसर्थ हाम्रा विद्यालय भवन र कक्षाकोठा आइसोलेसन बेडका रुपमा प्रयोग गर्न दिने निर्णय गरेका हौं,’ उनले भने । प्याब्सन रुपन्देहीमा २ सय ५० विद्यालय आवद्ध रहेपनि अस्पतालको नजिक र सहज पहुँचमा रहेका सुविधासम्पन्न विद्यालयहरु दिने निर्णय भएको र आवश्यक परे सबै विद्यालय दिन तयार रहेको पनि पौडेलले बताए ।

प्याब्सनले यसअघि नै चैत मसान्तसम्म विद्यालयहरु बन्द गरेको छ ।

यसैबीच कालिका मानवज्ञान माविले दुई ठाउँमा रहेका आफ्ना विद्यालय भवनलाई आइसोलेसन बनाउनका लागि उपलब्ध गराउने निर्णय भएको  प्रअ घनश्याम पाठकले जानकारी दिए । उनका अनुसार १५० कोठा बराबरको भवन प्रयोग गर्न दिइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment