Comments Add Comment

सन् २००० यता जन्मेकामध्ये डर्टमण्डका सान्चो सबैभन्दा मूल्यवान खेलाडी

११ चैत, काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमण्डबाट खेल्ने इंग्लिस युवा स्टार जाडोन सान्चो सर्वाधिक मूल्यवान युवा फुटबलर बनेका छन् ।

फुटबल अब्जरभेटरी संस्था सीआईईएसले यो साता सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २००० पछि जन्मिएका युवा खेलाडीमध्ये १९ वर्षीय सान्चो सबैभन्दा मूल्यवान खेलाडी बनेका हुन् । उनले डर्टमण्डकै समकक्षी एर्लिन हालान्डलाई पछि पारेका हुन् । हालान्डको भन्दा सान्चोको मूल्य झण्डै दोब्बर छ ।

फरवार्ड सान्चोको मूल्य १९८.५ मिलियन युरो छ भने यसै सिजन डर्टमण्ड भित्रिएका नर्वेका फरवार्ड हालाण्डको मूल्य १०१ युरो छ ।

युरोपको उत्कृष्ट पाँच लिगमा खेल्ने युवा खेलाडीहरुको यो सूचीको शीर्ष ५ मा स्पानिस क्लब रियल मड्रिडका समेत दुई खेलाडी छन् । रियलका रोड्रिगो तेस्रो र भिनिसियस जुनियर चौथो स्थनमा छन् । रोड्रिगोको मूल्य ८८.९ मिलियन युरो छ भने भिनिसियस जुनियरको मूल्य ७३.९ मिलियन युरो छ ।

यस्तै पाँचौं स्थानमा चेल्सीका कलम हड्सन ओडोई छन् । उनको मूल्य ७२.३ मिलियन युरो रहेको छ ।

म्यानचेष्टर युनाइटेडका मासोन ग्रीनउड आठौं र म्यानचेष्टर सिटीका फिल फोडेन नवौँ मूल्यवान खेलाडीको सूचीमा छन् । यसैगरी बार्सिलोनाका आन्शु फाटी १२औं स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment