Comments Add Comment

औषधि उपचार सस्तो बनाउँदै चीन

११ चैत, काठमाडौं । चीनले बिरामीहरुलाई सहज उपचारका लागि थप ३३ प्रकारका औषधि थप्ने निर्णय गरेको छ ।

चीनमा औषधि उपचार महँगो भएको भन्दै आलोचना भइरहेको बेला यो निर्णय भएको हो । अहिले अघि सारिएको योजनाले बिरामीको उपचार खर्च ६० प्रतिशतसम्म कभर गर्नेछ ।

चीनको स्वास्थ्य सुरक्षा निकायले आइतबार ३३ प्रकारका औषधिको सूची तयार पारेको छ, जसमा क्यान्सर, मधुमेह र अन्य रोगका औषधि पनि छन् ।

चीनमा औषधिको मूल्य चर्को छ, जसलाई एउटा समस्याको रुपमा दिन गरिएको छ ।

२०१८ यता भने चीनले मूल्य क्रमशः कम गर्दै लगेको छ । गत अप्रिलयता औषधिमा सुधारको कार्यक्रम २५ प्रान्तमा विस्तार भइसकेको छ । यसले औषधि उपचारको खर्च ५९ प्रतिशतले घटेको छ र सार्वसाधारणले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment