+
+
Shares

लकडाउनमा सुनसान काठमाडौं (फोटो फिचर)

शंकर गिरी/आर्यन धिमाल शंकर गिरी/आर्यन धिमाल
२०७६ चैत ११ गते ११:४३

११ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथामका लागि लकडाउन गरेपछि अधिकांश जिल्लाका सडकहरु सुनसान छन् ।

मानिसहरु हिँडडुल गर्दा एकअर्का व्यक्तिको सम्पर्कमा आउने भएकाले संक्रमणको जोखिम बढ्ने खतरा हुन्छ । त्यसैले सरकारले देशभर लकडाउन घोषणा गरी मानिसहरुलाई घर बाहिर ननिस्किन आग्रह गरेको छ ।

तर, बिहानपख केही स्थानमा लकडाउन उल्लंघन गर्दै मानिसहरु निस्किए पनि केहीबेरपछि मानिसहरुको उपस्थिति पातलो बन्दै गएको छ । काठमाडौंका शहिदगेट, न्यूरोड, थापाथली, सिनांमगल लगायतका स्थानमा मानिसहरुको चहलपहल ह्वात्तै घटेको छ ।

लकडाउन उल्लंघन गर्दै मानिसहरु हिँडडुल गर्न थालेपछि काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा प्रहरीहरु तैनाथ गरिएको छ । उनीहरुले सम्झाइबुझाइ गरेर घरभित्रै बस्न र कोरोना संक्रमणबाट जोगिन सुझाव दिएको दृष्य नयाँबानेश्वर चोकमा देखियो ।

सडकमा प्रेस, एम्बुलेन्स, पानी ट्यांकरलगायत अत्यावश्यक सेवाका साधनहरु भने देखिन्छन् । प्रहरीहरुले पास भए-नभएको चेक गरेरमात्रै गन्तव्यतर्फ जान अनुमति दिने गरेका छन् । चितवन प्रहरीले त लकडाउन उल्लंघन गर्नेहरुलाई पक्राउ नै गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?