Comments Add Comment

अमेरिकन आइडलमा दिवेशको हंगमा, गीत सुनेर रोए जज

अमेरिकन आइडलमा नेपाली ठिटो दिवेश पोखरेलले हंगमा मच्चाइरहेका छन् । एकपछि अर्को उत्कृष्ट प्रस्तुती दिदैँ दिवेश जज तथा दर्शकको मन जितिरहेका छन् । पछिल्लो प्रस्तुतीले त उनले जजको आँखामा आशु ल्याए ।

दिवेशले जज लियोनल रिचीको एरेन्जमेन्ट रहेको गीत गाएका थिए । आफ्नै एरेन्जमेन्टको गीतलाई उत्कृष्ट बनाएर गाएको भन्दै रिचीले आफ्नो आशु रोक्न सकेनन् । दिवेशको प्रस्तुतीमा तीनै जना जजले उठेर सम्मान गरेका थिए ।

दिवेश भने आफूले अभ्यासको लागि मात्र यस गीत गाएको बताएका छन् । गीतको अभ्यासको समयमा उनले छोटो समयमा तयार गरेको यस गीत ‘एक्सपेरिमेन्ट’को लागि मात्र गाएको बताएका छन् ।

दिवेशले अडिसन राउण्डदेखि नै स्ट्याण्डिङ अवेसन पाइरेहका छन् । धेरैले दिवेश ‘अर्थर गन’लाई भविष्यको स्टार भएको प्रतिकृया दिइरहेका छन् ।

नेपालमा पनि दिवेशको प्रस्तुतीले तारिफ पाइरेहको छ । संगीत क्षेत्रका विभिन्न व्यक्तित्वहरुले दिवेशको प्रस्तुतीलाई सेयर गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment