Comments Add Comment

फ्रान्समा कोरोनाबाट थप २४० को मृत्यु, नयाँ संक्रमित पनि थपिए

Photo Credit : REUTERS - Christian Hartmann

१२ चैत, काठमाडौं । फ्रान्समा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा २४० भन्दा बढीको मृत्यु भएको छ । यससँगै फ्रान्समा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सय पुगेको छ ।

यसैगरी फ्रान्समा २ हजार ४ सय ४४ नयाँ संक्रमित फेला परेका छन् । यससँगै फ्रान्समा कोरोना पुष्टि भएको संख्या २२ हजार ३ सय पुगेको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि युरोपका अन्य देशहरुसँग फ्रान्सले पनि धेरै प्रकारका कडा प्रतिबन्ध लगाएको छ ।

फ्रान्समा १७ मार्चदेखि लकडाउन गरिएको छ । सुरुमा १५ दिनका लागि गरिएको लकडाउन अझै बढाउने तयारी भइरहेको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment