Comments Add Comment

लकडाउनको दोस्रो दिन : रौतहट बिहानैदेखि सुनसान 

१२ चैत, रौतहट । कोरोना भाइरस (कोविड १९) नियन्त्रण तथा संक्रमण फैलन नदिन सरकारले जारी गरेको एक साताको लकडाउनको दोश्रो दिन रौतहट पूर्ण रुपले बन्द भएको छ ।

रौतहटको सदरमुकाम गौर पूर्ण रुपले बन्द रहेको छ । बजारमा रहेका सम्पूर्ण पसल तथा होटेलहरु बन्द गरिएका छन भने अत्यावश्यक औषधी, दूध तथा ग्यासका पसलहरु भने खुलेका छन । बजारमा मानिसको चहलपहल बन्द गराउन बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो उपस्थिती रहेको छ ।

बिरामी, औषधी तथा खाद्यान्न किनमेल गर्न निस्किएका स्थानीयलाई प्रहरीले केही सहुलियत प्रदान गरेको छ । लकडाउनको बेला घुमफिरका उदेश्यले निस्कनेहरुप्रति भने सुरक्षाकर्मीहरु कडा रुपमा प्रस्तुत भइरहेका छन् । गौरको वीपी चोकदेखी भन्सार क्षेत्रसम्मको सडकखण्ड सुनसान रहेको छ । एम्बुलेन्स, औषधीको गाडी र संचारकर्मीहरुलाई भने रोक लगाइएको छैन ।

जिल्लाको मध्य बजार गरुडा पनि प्रहरीले आफ्नो उपस्थीती बढाएको छ । लकडाउनको अवहेलना गर्ने लाई कतिपय स्थानमा प्रहरीले सामान्य बल समेत प्रयोग गरेकोछ । गरुडामा पनि बजार पूर्ण रुपमा बन्द रहेको छ । शिवनगर, कटहरीया, समनपुर लगायतका बजार पनि ठप्प रहेका छन

कोराना त्रासका कारण रौतहटमा स्थानीयहरु घर भन्दा बाहिर निस्किन चाहेका छैनन् । चन्द्रनिगाहपुरको बजार पनि सुनसान रहेको छ भने अत्यावश्यक यातायातका साधन बाहेक अरु सबै सेवाहरु ठप्प रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख रवीराज खडकाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment