+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

गण्डकी प्रदेशद्वारा १५ करोडको राहत कोष स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १२ गते १८:५५

१२ चैत, पोखरा । गण्डकी प्रदेश सरकारले कोरोनाविरूद्ध लड्न १५ करोड रुपैयाँको राहतकोष स्थापना गर्ने घोषणा गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले १५ करोड रुपैयाँको राहत कोष स्थापना गर्ने निर्णय गर्दै सातै जना मन्त्रीले एक महिनाको पारिश्रमिक जम्मा गरेको सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेर स्थापना हुने कोषमा अरुलाई पनि रकम जम्मा गर्न सरकारले आह्वान गरेको छ । मन्त्रिपरिषदको बैठकले अर्थमन्त्री किरण गुरुङको संयोजकत्वमा ५ सदस्यीय कोरोना भाइरस रोकथाम, नियन्त्रण र व्यवस्थापन समिति गठन गरिएको छ ।

समितिमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत, सामाजिक विकासमन्त्री नरदेवी पुन र प्रमुख सचिव हरिप्रसाद बस्याल समितिको सदस्य छन् ।

यसअघि पनि सबै जिल्लामा कोरोनाविरुद्ध लड्न ५ लाख रुपैयाँका दरले रकम उपलब्ध गराएको सरकारको बुधबार बसेको बैठकले ११ वटै जिल्लामा आवश्यक सामग्री खरिद गर्नका लागि थप ५ लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?