+
+
Shares

भारतमा कोरोनाबाट मृतकको संख्या १३ पुग्यो, ६०० बढी संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १३ गते ९:०७

१३ चैत, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । स्थानीय सञ्चार माध्यमले दिएको जानकारी अनुसार बुधबार भारतमा यो भाइरसको कारण तीन जनाको ज्यान गएको हो ।

बुधबार बिहान ५४ वर्षीय मानिसले कोभिड–१९ को कारण ज्यान गुमाएका थिए । त्यस्तै साँझपख मध्यप्रदेशको उज्जैनमा ६५ वर्षीया महिलाले ज्यान गुमाएकी थिइन् । बुधबार राति गुजरातको अहमदावादकी ८५ वर्षीया महिलाको पनि यो भाइरसको कारण ज्यान गएको बताइएको छ । यससँगै भारतमा मृत्यु हुनेको संख्या १३ पुगेको हो ।

भारतमा कोरोना भाइरसको प्रकोप पनि २५ राज्यमा फैलिसकेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म भारतमा ६८६ जनामा यो भाइरसको संक्रमण देखिएको छ ।

भारतमा यो भाइरसको संक्रमण फैलिन नदिन २१ दिनसम्म लकडाउनको निर्णय गरिएको छ । अहिलेसम्म भारतको महाराष्ट्र र केरला भाइरसबाट सबैभन्दा प्रभावित देखिएका छन् । पछिल्लो केही दिनयता भारतमा कोरोना भाइरसको संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?