Comments Add Comment

कोरोना प्रभावितका लागि रोजर फेडेररद्वारा एक मिलियन आर्थिक सहयोग

काठमाडौं । टेनिस स्टार रोजर फेडेरर र उनकी श्रीमती मिर्काले स्वीट्जरल्याण्डका असुरक्षित परिवारलाई एक मिलियन स्विस फ्रांक सहयोग गरेका छन् ।

अहिले विशवभर फैलिएको कोरोना भाइरस महामारीको प्रभाव स्वीट्जरल्याण्डमा समेत परेको छ । स्वीटजरलयाण्डमा अहिलेसम्म १० हजार बढी कोरोनाबाट संक्रमित छन् भने १३५ जनाको मृत्यु भइसकेको छ ।

सोही कारण फेडेरर दम्पतीले कोरोनाबाट प्रभावित परिवारका लागि आर्थिक सहयोगको घोषणा गरेका हुन् । उनीहरुले आर्थिक अवस्था कमजोर भएका परिवारलाई सहयोग गर्न अपिल गरेका छन् ।

‘यो सबैका लागि चुनौतीपूर्ण समय हो । कोही पछाडी हट्ने समय हैन ।’ फेडेररले ट्वीटरमा भनेका छन् । ‘हाम्रो सहयोग सुरुवात मात्र हो । धेरै परिवारलाई यसको आवश्यकता छ र आशा गर्छौं अरु सहयोग समेत जोडिनेछन् ।’ उनले सबै मिलेर यो संकटबाट बाहिर आउन सहयोग गर्नुपर्ने बताए ।

विश्व टेनिस इतिहासमा सबैभन्दा सफल खेलाडी फेडेररले सर्वाधिक २० पटकका ग्रान्डस्लाम उपाधि जितेका छन् ।

गत साता विम्बलडन च्याम्पियन सिमोना हालेपले आफ्नो देश रोमानियामा मेडिकल सामाग्री खरिदका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment