Comments Add Comment

कान्तिपुर दैनिकसहित कान्तिपुर पब्लिकेसनका सबै पत्रपत्रिका बन्द

१४ चैत, काठमाडौं । कोरोनाको विश्वप्यापी प्रभावका कारण लकडाउनको स्थिति आएपछि राष्ट्रिय दैनिक पत्रिकाको मुद्रण शनिबारदेखि केही दिनका लागि बन्द हुने भएको छ । कान्तिपुरसँगै काठमाडौं पोष्ट, नेपाल साप्ताहिक, नारी र साप्ताहिक पनि केही दिन नछापिने कान्तिपुरका पब्लिकेसनका प्रकाशकले जनाएका छन् ।

कोरोनाको जोखिमसँगै प्रिन्ट मिडियामा संकट आउन थालेको छ । यसअघि नै साप्ताहिकरुपमा प्रकाशित हुँदै आएको हिमाल खबर पत्रिका पनि बन्द भएको सूचना आएको थियो ।

राजधानी बाहिरका विभिन्न जिल्लाबाट प्रकाशित हुँदै आएका पत्रिकाहरु पनि धमाधम बन्द हुन थालेका छन् ।

पत्रिकाबाट कोराना भाइरस सर्न सक्छ भन्ने हल्ला चलेका कारण प्रकाशित हुँदै आएका पत्रिकाको वितरणमा समेत समस्या देखएिको छ । अर्कोतर्फ लकडाउनका कारण पत्रिकाको वितरणमा पनि समस्या देखिएको छ । साइकल र मोटरसाइकलबाट पत्रपत्रिका ढुवानी गर्नेहरुले पनि कोरोनाको जोखिम महसुस गरेपछि पत्रपत्रिकाहरुमाथि संकट आइलागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment