Comments Add Comment

गाउँमा बाटो थुनेर लकडाउन, स्कुलभित्रै क्वारेन्टाइन

गाउँबाहिरका मानिस प्रवेश गर्न नसकुन् भनेर रौतहटमा स्थानीयले बन्द गरेको सडक ।

१४ चैत, सिन्धुपाल्चोक । स्थानीय तहमा क्वारेन्टाइनस्थल बनाउने लहर चलेको छ । यही लहरमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले विद्यालयभित्रै २० शैयाको ‘क्वारेन्टाइन’ बनाएको छ ।

भोटेनाम्लाङ स्थित क्षेत्रपालेश्वरी माध्यमिक प्राविधिक विद्यालयलाई क्वारेन्टाइन स्थल बनाइएको हो । कोरोनाको संक्रमण फैलिन नदिन गाउँपालिकाले स्वास्थ्य उपकरणसहित क्वारेन्टाइन तयार पारेको पाचँपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले बताए ।

‘अहिले २० वटा शैयासहित क्वारेन्टाइन तयार पारेका छौं’, उनले भने, ‘क्वारेन्टाइनमा आवश्यक सबै सुरक्षाको सामान पनि राखिएको छ । विदेशबाट आएकाहरुलाई संक्रमणको लक्षण हामीले यहाँ राख्छौं।’

गाउँपालिकाले विदेशबाट आएकाहरुलाई सेल्फ क्वारेनटाइनमा बस्नसमेत अनुरोध गरेको छ । विदेशबाट आएर घरमै क्वारेन्टाइनमा बसेकाहरुलाई कोरोना संक्रमणको लक्षण देखिए तुरुन्त अस्पताल जान समेत गाउँपालिकाले आग्रह गरेको छ ।

गाउँपालिकामा प्रवेश गर्नुअघि प्रत्येक व्यक्तिको स्वास्थ्य जाँच गर्नका लागि स्वास्थ्य टोलीसहित हेल्प डेस्क राखिएको छ ।

लकडाउनमा बाटो बन्द

लकडाउनको उल्ल‌ंघन गरी सवारी साधन चलाउने चालकहरुलाई पाँचपोखरी थाङपाल गाउँपालिका थाङपाल धापका युवाले बाटो बन्द गराइदिएका छन् । लकडाउनको बेला पनि अनावश्यक सवारी साधन लिएर हिँड्ने गरेकाहरुलाई धापका युवाले मूल सडकमा तारबार लगाएर बाटो बन्द गरेका हुन् ।

गाउँपालिका अध्यक्ष र सुरक्षा प्रमुखसँग समन्वय गरी पाँचपोखरी थाङपाल गाउँपालिका वडा-थाङपाल धाप हाँडीखोला पुलमा बाटो बन्द गरिएको हो । शंकास्पद व्यक्तिहरु आउने-जाने क्रम बढेकाले बाटो बन्द गर्न बाध्य भएको एक स्थानीयले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment