Comments Add Comment

सरकारी कम्पनीले नै अनलाइन व्यापारमार्फत घरमा सामान लगिदिने

१५ चैत, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य संस्थान र नेशनल ट्रेडिङ गाभिएर बनेको कम्पनी)ले पनि अनलाइनबाटै अर्डर लिएर होम डेलिभरी सेवा थाल्ने भएको छ ।

कम्पनीका नायव महाप्रबन्धक श्रीमणिराज खनालले कम्पनीले बिक्री वितरण गरिरहेका विभिन्न खाद्यवस्तु तथा सामग्रीहरु होम डेलिभरी गर्ने गरी अनलाइन प्लेटफर्म विकास गरिरहेको जानकारी दिए ।

उनले मोइल एपबाट नै सामान अर्डर गर्न सकिने प्रविधिको विकास भइरहेको बताएका छन् । अहिले लकडाउनका कारण उपभोक्तालाई बजार र पसलसम्म पुगेर किनमेल गर्न असहज भइरहेको बेलामा सरकारी कम्पनीले नै यस्तो सुविधा ल्याएको हो । यस्तो अवस्थामा कम्पनीले आफ्नो अनलाइन किनमिलको प्रविधि सुरुवात गर्ने अन्तिम तयारी गरेको छ ।

सरकारले अत्यावश्यकीय वस्तुको आपूर्ति र बिक्री वितरण गर्ने प्रयोजनका लागि यो कम्पनी स्थापनाको गरेको हो । अहिलेको असहज परिस्थितिमा नै कम्पनीले अनलाइन कारोबार सुरु गर्न सके त्यसले सकारात्मक सन्देश जाने भएकोले यसको तयारी तीब्र पारिएको खनालको भनाइ छ ।

यो कम्पनीले अहिलेसम्म दुर्गममा खाद्यान्न ढुवानी गर्नेबाहेक बजार हस्तक्षेपका लागि कुनै भूमिका निभाउन सकेको छैन । अब प्रविधिको प्रयोगमार्फत् अत्यावश्यक खाद्य वस्तुमा बजारको एकाधिकार तोड्ने योजना कम्पनीले बनाएको हो ।

अहिले चामल, दाल, फापर, कर्णालीको सिमी, बोडीलगायत विभिन्न गेडागुडी कम्पनीले बिक्री गर्ने गर्छ भने विभिन्न विद्युतीय उपकरणको बिक्रीसमेत गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment