
१५ चैत, सप्तरी । देशमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण फैलिन नदिन सरकारले लकडाउन लगाएको समयमा एक जना स्वास्थ्यकर्मीको मोटरसाइकल सप्तरीबाट चोरी भएको छ ।
सप्तरी सदरमुकाम राजविराजस्थित शहरी स्वास्थ्य केन्द्रका प्रमुख अहेब सन्तोष दासको मोटरसाइकल शनिबार केन्द्र अगाडिबाटै चोरी भएको छ । दास ड्युटीमा रहेको बखत उनले बाहिर राखेको बा.४३प २२१२ नम्बरको मोटरसाइकल चोरी भएको हो ।
‘बाहिर मोटरसाइकल राखेर भित्र ड्युटीमा थिएँ’ दासले भने, “ड्युटि सकिएपछि बाहिर आउँदा मोटरसाइकल चोरी भएको पाएँ ।”
दासले सधैं यहीं ठाउँमा मोटरसाइकल राख्दै आएपनि कहिले केही नभएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4