Comments Add Comment

कोरोना छ, तर लकडाउन छैन

१६ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को कारण अहिले विश्वभर करिब साता लाख मानिसहरु संक्रमित भएका छन् । सबैभन्दा बढी प्रभावित क्षेत्र यूरोप बनेको छ ।

कोरोनाको संक्रमण फैलिने प्रयास स्वरुप अधिकांश यूरोपेली मुलुक लकडाउनमा छन् । तर, यूरोपकै एक देश, स्वीडेनमा भने यो भाइरसले मानिसको जनजीवनमा खासै ठूलो असर पार्न सकेको छैन । त्यहाँ अहिलेसम्म लकडाउन पनि गरिएको छैन ।

बीबीसीका अनुसार भर्खरै जाडोयाम सकिएको स्वीडेनमा मानिसहरु घरबाहिर बसेर गर्मी मौसमको आनन्द लिइरहेका छन् । सबै व्यापारिक केन्द्र खुला छन् । पार्क, सडक, सार्वजनिक यातायातमा मानिसहरु घुमिरहेका भेटिन्छन् ।

यहाँको रेष्टुरेन्ट र पार्टीमा कुनै प्रतिबन्ध छैन । तर, आइतबारदेखि भने ५० भन्दाबढी मानिसको भेलामा रोक लगाएको छ ।

जिम्मेवार नागरिक

अहिलेसम्म स्वीडेनमा कोरोना भाइरसको कारण तीन हजार सात हजार जना मानिस संक्रमित भइसकेका छन् । मृत्यु हुने मानिसको संख्या पनि एक १० पुगेको छ ।

एक करोड एक लाख मानिसको जनसंख्या भएको मुलुकको लागि यो आँकडा निकै हो । यो मुलुककी पर्यावरणविद् ग्रेटा टुनवर्ग र उनका पिता कोरोना भाइरस संक्रमणको आशंकामा आइसोलेशनमा बसेका छन् ।

तर, सरकारले कोरोना भाइरसविरुद्ध लड्न नागरिक आफैं जिम्मेवार बन्नुपर्ने नीतिलाई प्राथमिकतामा राखेको छ । गत साता स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेनले टेलिभिजन सम्बोधन गर्दै यो संकटमा कोही पनि एक्लो नभएको र यो भाइरससँग लड्ने जिम्मेवारी सबैको काँधमा रहेको बताएका थिए । सरकारले पनि कडा नियम लागू गरेको छैन ।

मानिसहरुलाई सुरक्षित रहन दिशानिर्देश गरेको छ । बिरामी वा वृद्ध मानिसहरुलाई घरमा नै बस्न भनेको छ । मानिसहरुले त्यसको पालना गरिरहेका छन् । सामान्य अवस्थामा पनि सडकमा मानिसको चाप घटेको छ । स्टक होल्मको सार्वजनिक यातायात कम्पनीकाअनुसार यात्रुको चाप ५० प्रतिशत घटेको छ । धेरै कम्पनीले कर्मचारीलाई घरबाटै काम गर्न लगाएका छन् ।

सरकारप्रति विश्वास

स्वीडेनका नागरिकमा सरकारप्रतिको विश्वास पनि अन्य मुलुकको तुलनामा धेरै देखिएको छ । केही सर्वेक्षणले स्वीडेनका नागरिकले सरकारको दिशानिर्देशलाई स्वीकार गरेका छन् ।

यसले पनि यहाँ सरकारी निर्णय कार्यान्वयनमा सहज भएको छ । सरकारले पनि मानिसहरुलाई मानसिक र शारीरिक रुपमा स्वस्थ राख्न आफ्नो प्रयास गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment