+
+
Shares

कोभिड १९ रोकथाममा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको २५ लाखको बीमा

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १६ गते २१:४५

१६ चैत, काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण तथा रोकथामका खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको २५ लाख रुपैयाँको बीमा गरिदिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड १९ संक्रमण तथा रोकथाममा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई असार मशान्तसम्मका लागि २५ लाखको बीमा गरिदिने निर्णय गरेको अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

डाक्टर, नर्स, एम्बुलेन्स चालक, र सुरक्षाकर्मीको विमा हुने उनले बताए । उनीहरुलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) निशुल्क उपलब्ध गराउने निर्णय पनि गरेको
त्यस्तै निजी क्षेत्रको स्वास्थ्य संस्थालाई आफ्नो सेवा नियमित गर्न आग्रह गर्दै सरकारले चैत महिनाको सेवा शुल्क मिनाहा गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?