Comments Add Comment

बेलायतमा २० हजार पूर्व स्वास्थ्य कर्मचारी काममा फर्किए

१७ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न बेलायतमा २० हजार पूर्व स्वास्थ्य कर्मचारीलाई काममा फर्काइएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् एक भिडियो सार्वजनिक गर्दै नेशनल हेल्थ सर्भिस (एनएचएस) का २० हजार पूर्व कर्मचारी काममा फर्किएको बताएका हुन् ।

बीबीसीका अनुसार कोरोना भाइरस संक्रमणको कारण आइसोलेशनमा रहेका जोन्सनले सबै मिलेर यो संकटको सामना गरिने बताएका हुन् । यसअघि बेलायतका सहायक मेडिकल अधिकारीले बेलायतमा जनजीवन सामान्य बन्न छ महिनासम्म लाग्नसक्ने बताएका थिए ।

बेलायतमा कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या १९ हजार नाघेको छ भने यसबाट ज्यान गुमाउकोको संख्या एक हजार दुई सय २८ पुगेको छ । जोन्सनले अहिले काममा फर्किएका सबै पूर्व स्वास्थ्य कर्मचारीका साथै स्वयंसेवकको रुपमा काम गरिरहेका सात लाख ५० हजार मानिसलाई पनि धन्यवाद दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment