Comments Add Comment

गुल्मीमा विदेशबाट फर्किने १७ सय जना, ५५ जना क्वारेन्टाइनमा

१७ चैत, गुल्मी । गुल्मीमा काम विशेषले विभिन्न मुलुकमा रहेका १७ सय २३ जना घर फर्केको पाइएको छ ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट जोगिन विभिन्न मुलुकबाट १७ सय २३ जना रहेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

प्रशासन कार्यालयले संकलन गरेको तथ्यांकअनुसार भारतलगायत अन्य देशबाट चैत ५ गतेपछि यति संख्यामा मानिसहरु घर फर्केको प्रशासकीय अधिकृत एवं सूचना अधिकारी लक्ष्मण पाण्डेयले बताए ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन अन्य मुलुकबाट आएकाहरुको नामावली संकलन भइरहेको उनले बताए । यसरी गुल्मी फर्किनेमा धेरैजसो भारतबाट आएकाहरु छन् ।

५५ जना क्वारेन्टाइनमा

विदेशबाट आएका ५५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकामा २०, मुसिकोट नगरपालिकामा ४, इस्मा गाउँपालिकामा ११, धुर्कोट गाउँपालिकामा १० र मालिका गाउँपालिकामा १० जना गरेर ५५ जना क्वारेन्टाइनमा राखिएको छ । उनीहरु सबै पछिल्लो समय भारतबाट आएका हुन् ।

जिल्लाका सबै स्थानीय तहले बाहिरबाट आउने नवआगन्तुकहरुको नामावली संकलन गरिरहेका छन् । कतिपय स्थानीय तहले विदेश तथा भारतबाट आएकाहरुको घरमा रातो झण्डासमेत गाड्न सुरु गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment