१९ चैत, काठमाडौं । बेलायतको राजधानी लण्डन शहरका मेयर सादिक खानले आफ्नो शहरका ९ फुटबल क्लबलाई कोरोना भाइरस रोकथाम तथा उपचारमा सहयोग गर्न आग्रह गरेका छन् ।
उनले कोरोना भाइरसविरुद्ध लड्नका लागि सहयोग गर्न लन्डनको शीर्ष दुई डिभिजनका क्लबलाई पत्राचार गरेका हुन् ।
खानले आर्सनल, चेल्सी, वेष्टह्याम युनाइटेडलगायत क्लबलाई पत्र लेखी डाक्टर, फिजियो, रंगशाला कोरोना रोकथामका लागि सहयोग गर्न र खानामा पनि सहयोग गर्न आग्रह गरेका हुन् ।
‘यो हप्ता मैले प्रिमियर लिग च्याम्पियनसिप क्लबलाई एनएचएसमा सहयोग गर्न भनेर लेखेको थिएँ । र हामीले पाएको सकारात्मक जवाफबाट म खुशी छु’ मेयर खानले भने ।
टोटनहम हट्सपरले भने यसअघि नै सिटी हल सहयोग गरिसकेको थियो ।
मेयर खानले कोरोना भाइरसको महामारीविरुद्ध लड्न सबै मिलेर एकजुट भएर अगाडि बढ्नपर्ने बताए । धेरै क्बले यसअघि नै स्थानीय समुदायलाई सहयोग गर्न थालेको उनले बताए ।
प्रतिक्रिया 4