+
+
Shares

बाल सुधारगृहबाट छुटे १७७ बालबालिका

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २० गते २०:२६

२० चैत, काठमाडौं । विभिन्न अपराधमा संलग्न रहेर बाल सुधार गृहमा राखिएका १७७ जना बालबालिका छुटेका छन् ।

बाल सुधारगृहमा अत्यधिक चाप भएपछि कम सजाय भएकालाई अदालतको अनुमति लिएर छाड्ने प्रक्रिया महान्यायाधिवक्ता कार्यालयले थालेको थियो । यही प्रक्रियाअन्तर्गत् एक सय ७७ जना बालबालिका छुटेकाे महान्यायाधिवक्ताकाे कार्यालयले जनाएकाे छ ।

महान्यायाधिवक्ताकाे कार्यालयका अनुसार, भक्तपुरबाट सबैभन्दा धेरै ५३ बालबालिका रिहा भएका छन् । भक्तपुरपछि बाँकेबाट सबैभन्दा बढी ३३ बालबालिका छुटेका छन् । मोरङबाट २०, रूपन्देहीबाट १८, डोटीबाट १७, कास्कीबाट १५, पर्साबाट १२ र मकवानपुरबाट पाँच जना बालबालिका पनि रिहा भएका छन् ।

कैद सकिएका दुई र हिरासतमा रहेका दुई बालबालिकालाई पनि घर पठाइएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?